२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु , एकजना घाइते

images

  • २०८० असोज २, मंगलबार
  • 1.5K
    SHARES
  • भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु , एकजना घाइते

    असोज २,काठमाडौं :  गएराति बारामा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु र एकजना घाइते भएका छन्। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    दुर्घटना क्रममा गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका ११ बस्ने निशान श्रेष्ठको उपचारका लागी लैजाने क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिनुभयो। मोटरसाइकलमा पछाडि बस्ने मिलन बरुवाल घाइते भएका छन् भने उहाँको बाँया हात र ढाडमा चोट लागेको छ र उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित पूर्वपश्चिम राजमार्गको बाह्रकिलो नजिकै  निजगढबाट पथलैयातर्फ गइरहेको प्रदेश ३–०३–००१ प ००३९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१०–२२ प ३१९७ नम्बरको पिकअपले ठक्कर दिएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ