२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

images

  • २०८० असोज ३, बुधबार
  • 1.4K
    SHARES
  • बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ


     असोज ३,काठमाडौं :कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–८, पुल चोकका विकास परियारलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका २६ वर्षीय विकासले घरायसी सामान्य विवादमा आफ्ना बाबुलाई दाउराको चिरपटले हिर्काएका थिए। 

    छोराको कुटाईका कारण ६० वर्षीय बुवा बल बहादुर परियारको टाउकोमा गहिरो चोट लागेको थियो। घाइते भएका परियारको उपचारका क्रममा कपिलवस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको थियो। 

    परियारलाई कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले  जानकारी दिनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ