२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिया कप 2023

अन्योलमा एसिया कप, पाकिस्तानबाट श्रीलंका सर्न सक्ने

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 546
    SHARES
  • अन्योलमा एसिया कप, पाकिस्तानबाट श्रीलंका सर्न सक्ने

    भारत पाकिस्तान बिचको राजनीतिक लडाईले एसिया कप कहा हुने वा नहुने ?,पाकिस्तानमै हुने कि अन्यत्र ? भन्ने बिषयको अझै टुंगो लाग्न सकेको छैन।

     काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको छ ।


    पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो । भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।


    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।


    एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्न सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसिया कप पाकिस्तानबाट सार्नुपर्ने पक्षमा रहेको विभिन्न रिपोर्टले जनाएको छ ।पछिल्लो विकसित घटनाक्रमले एसिया कपमा पाकिस्तानको सहभागिता नै अन्योलमा परेको छ ।


    पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल भने जसरी पनि एसिया कप हुनुपर्ने पक्षमा छ ।


    भारत-पाकिस्तान जस्तो ठूलो टिमसँग एकै पटक प्रतिस्पर्धा गर्न पाउनु नेपाली क्रिकेटको लागि ऐतिहासिक अवसर हुनेछ ।
    एसिया कपमा पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट भएर आएको नेपालले खेल्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ