काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चारको संस्करणको अवलोकन गर्नुभएको छ।
सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गर्नुभयो।
अमेरिकी ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरु भएको अभ्यासमा नेपालसहित १९ राष्ट्रका सैनिक १ हजार १ सय २५ सैनिक सहभागी छन्। अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ।



