२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, एक फरार

images

  • २०८० असोज ४, बिहीबार
  • 1.4K
    SHARES
  • डडेल्धुरामा  युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, एक फरार

    असोज ४,काठमाडौँ : डडेल्धुरामा एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका-३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन्। अर्का १८ वर्षीय किशोर भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिनुभयो।डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई जबरजस्ती करणी गरेको उनीहरुमाथि उजुरी परेको छ।

    घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ