२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पौने चार करोड ठगीको अभियोगमा वैदेशिक रोजगार विभागले ग-यो मेनपावरको लाइसेन्स खारेज

images

  • २०८० असोज ४, बिहीबार
  • 1.2K
    SHARES
  • पौने चार करोड ठगीको अभियोगमा वैदेशिक रोजगार विभागले ग-यो मेनपावरको लाइसेन्स खारेज

     असोज ४,काठमाडौं : वैदेशिक रोजगार विभागले पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेको छ ।  वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भन्दै सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको हो । 


    उक्त मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो । उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो ।

    लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो । 

    उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

     विभागका महानिर्देशक मदन दहालले रकम उठाएर उनीहरूलाई वैदेशिक रोजगारीमा नपठाएको  जानकारी दिनु भयो ।त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा लाइसेन्स खारेज गर्नुका साथै मुद्दा समेत दायर गरिएको उहाँको भनाई छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ