२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि करिब ५७ लाख  बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

images

  • २०८० फागुन १३, आइतबार
  • 886
    SHARES
  • आजदेखि करिब ५७ लाख  बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

    काठमाडौँ : सरकारले आजदेखि दादुरा–रुवालेको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवालेको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। 

    खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवालेको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ। 

    स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका  गरी कूल ५७ लाख ४२ हजार ९९३  बालबालिकालाई खोप लगाइने छ। 

    खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन्। यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ। उहाँले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्नो बालबालिकालाई खोप लगाउन भन्दै उहाँले खोपले ८५ प्रतिशतलाई दादुरा रुवाले रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो।
     
    उहाँले  खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्ला स्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताउनुभयो। 

    सात रोगविरुद्धको खोप पनि 

    खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँको भनाइ रहेको छ। खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन्। खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताउनुभयो। ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।

    सरकारले सन् २०१८ मा दादुरा रुवालेलाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन। सन् २०२६ सम्म दादुरा– रुवाले निवारण गर्ने लक्ष्यका यस पटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ