२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को निधन

images

  • २०८० असोज ५, शुक्रबार
  • 926
    SHARES
  • पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को  निधन

    असोज ५,काठमाडौं :  पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति १०:२५ निधन भएको छ। ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।

    उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल लगायत आर्यघाट पुगेका थिए। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो।

    गणतन्त्रवादी नेताका रूपमा परिचित नेता  मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  हुनुभएको थियो। 

    विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिनु भएका उहाँले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। पछि उहाँ रामराजा प्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिनुभएको थियो।

    क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ