२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोहोरो अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार?

images

  • २०८० फागुन १३, आइतबार
  • 1.3K
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार?

     अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको पहिलो कारोबार आइतबार  नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।

    आज कारोबार आधारमा सन नेपाल लाइफ इन्स्योरेन्सको शीर्ष स्थानमा २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने  जोशी हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। आज ३८ कम्पनीको मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ३ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज ३१७ कोमपनीको ७१ हजार ८ सय ८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ भने  जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशत घटेको छ तथा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्से घटेपनि आज बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढी रहेको छ। त्यस्तै, आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ