असोज ७,काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ। लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।
नटिङ्घम फरेस्टसँगको खेलमा सिटीका फिल फोडेन र एर्लिङ हालान्डले ११ गोल गरेका थिए। सिटीका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ। युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ।
अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ। त्यस्तै, लुटन टाउन र वुल्भ्सले ११ गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन्।



