असोज ७,काठमाडौं : काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी भएको छ। आगलागीबाट करिब एक करोड रुपैयाँ धेरैको धनमाल नोक्सानी भएको अनुमान गरिएको छ।
चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ।चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो।
आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ र क्षतिको विवरण संकलनको काम जारी छ। आगलागीबाट ९० लाख रुपैयाँ भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको प्रहरीले जानकारी दिनुभयो।
त्यस्तै, चाबहिलस्थित एक घरमा पनि आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गए राति नै काठमाण्डाै महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएकाे छ। खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिनुभयो।



