२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

९.३४ अङ्कले बढ्यो नेप्से, १ अर्ब ८७ करोडको कारोबार?

images

  • २०८० फागुन १५, मंगलबार
  • 1.2K
    SHARES
  • ९.३४ अङ्कले बढ्यो नेप्से, १ अर्ब ८७  करोडको कारोबार?

    काठमाडौँ : आज नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.३४ अङ्क बढेर २००१.६४ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स १.११ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अङ्क बढेको छ।

    आज १४३ कम्पनीको मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ तथा बाँकी १६ कम्पनीको मूल्य स्थिर रहेको छ। आज २ कम्पनीको शेयर सर्किट लागेको छ जसमा बोटलर्स नेपाल (बालाजु) र बिपिडब्लु लघुवित्त रहेका छन्। त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ।

    नेप्से बढेपनि आज कारोबार कमजोर नै रहेको छ। हिजो २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज  ३०८ स्टकको ४० हजार ८ सय ६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ तथा व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा १४ करोड १९ लाख तथा शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ