असोज १०, काठमाडौं : काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार राति बनेपा नगरपालिका ७ स्थित धनेश्वरमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटना क्रममा गम्भीर घाइते भएका रोशी गाउँपालिका ८ स्थित खार्पाचोकका ३९ वर्षीय सिद्ध कुमार लामाको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो।
ठक्कर दिने टिपर चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिनुभयो।



