२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तनहुँमा २ जना मेडिकल सञ्चालक पक्राउ

images

  • २०८० असोज १२, शुक्रबार
  • 921
    SHARES
  • तनहुँमा २ जना मेडिकल सञ्चालक पक्राउ

    असोज १२, काठमाडौं  : आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिनुभयो।

    प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ। त्यस्तै, मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ। 

    जिल्ला प्रशासन कार्यालय, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी सहितको अनुगमन टोलीले बुधबार अनुगमन गरेको थियो।

    अनुगमनमा पाइएको कैफियतको आधारमा दुई जनालाई पक्राउ गरी ईलाज सम्बन्धि कसुरमा बिहीबार तनहुँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ