असोज १२, काठमाडौं : अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।
निर्माताले प्राविधिकहरुलाई एक करोड दिइसकेको र अनमोललाई १० लाख दिए पनि सुटिङ नगरेको हुँदा आफ्नो पैसा फसेको भन्दै प्रहरीमा उजुरी परेको थियो । निर्मातालाई प्राविधिकहरुले पैसा फिर्ता गर्न नसकिने भनेपछि निर्मातालगायत ६५ जनाको जाहेरीमा अनमोललाई पक्राउ गरिएको राठौरले जनाए । उनीमाथि अपराधिक विश्वासघातमा मुद्दा चलाउने तयारी छ।
केसीलाई छलफलका लागि पटक–पटक बोलाइएपनि नआएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।



