२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोत्तम सिमेन्टको आइपीओमा १९ अर्ब रुपैयाँ सङ्कलन, शेयर हात पार्न भाग्यकै भर

images

  • २०८० फागुन १६, बुधबार
  • 1.4K
    SHARES
  • सर्वोत्तम सिमेन्टको आइपीओमा १९ अर्ब रुपैयाँ सङ्कलन, शेयर हात पार्न भाग्यकै भर

    काठमाडौँ : सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ। कम्पनीको आइपीओमा आज अन्तिम दिन अर्थात् बुधवार साँझसम्ममा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन परेको छ।

    सीडीएस एन्ड क्लियरिङका अनुसार बुधवार बेलुकी ५ बजेसम्ममा १० लाख १२  हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको हो। कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् भने बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन्।

    कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्कासन गरेको हो।

    कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्कासन गरेको हो। कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ