असोज १३, काठमाडौं : देशका केही भू–भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा भने हल्का वर्षाको सम्भावना छ।
आगामी ३/४ दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी भू-भागको एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी भू-भागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भए3काले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



