२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभरका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

images

  • २०८० असोज १४, आइतबार
  • 1.2K
    SHARES
  • देशभरका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    असोज १४, काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

    आगामी ३–४ दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी भू–भागको एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

    वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ