काठमाडौँ : दोर्दी खोला जलविद्युत कम्पनी र राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ। विद्युत् नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो।
दोर्दी खोला जलविद्युतले हाल कायम चुक्ता पुँजी प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका अधिकतम १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ भने हकप्रद शेयर निष्कासनपछि दोर्दीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँ कायम हुनेछ।
त्यस्तै, राप्ती हाइड्रोले हाल कायम चुक्ता पुँजी प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ भने हकप्रद शेयर निष्कासनपछि हाइड्रोको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ कायम हुनेछ।
कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत् नियमन आयोगको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ। त्यसपछि मात्रै कम्पनीले नेपाल धितो पत्र बोर्डमा निष्कासनका लागि आवेदन पेस गर्ने छ।



