२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड नाघ्यो

images

  • २०८३ असोज २३, शुक्रबार
  • 231
    SHARES
  • नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड नाघ्यो

    काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा हरियाली छाएको छ। अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ८० विन्दुमा पुगेको हो।। बजारमा परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ।

    यसगरी, आज सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले उकालो लागेको छ। हिजो बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस दिन ३५३ वटा स्टकका १ करोड २९ लाख ५ हजार कित्ता शेयर ५२ हजार ४४ पटकको कारोबारमार्फत खरिदबिक्री भएका छन्।

    त्यस्तै, शुक्रबारको कारोबारमा मूल्य बढ्ने कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ। अघिल्लो दिन उक्त कम्पनीको शेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो।

    यसगरी, शुक्रबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक सकारात्मक देखिएका छन्। बैंकिङ उपसमूहमा सबैभन्दा बढी १.२८ प्रतिशतको वृद्धि भएको छ। होटल तथा पर्यटन उपसमूह पनि करिब १ प्रतिशतले उकालो लागेको छ।

    त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कोतर्फ, कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ। यो दिनको सबैभन्दा ठूलो गिरावट हो।

    यसगरी, कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ