२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुश्मामा बेपत्ता जीप मोदी किनारमा भेटियो, एक जनाको शव फेला, दुई अझै बेपत्ता

images

  • २०८० असोज १४, आइतबार
  • 1.5K
    SHARES
  • कुश्मामा बेपत्ता जीप मोदी किनारमा भेटियो, एक जनाको शव फेला, दुई अझै बेपत्ता

    असोज १४, काठमाडौं :  पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो।

    जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको प्रहरीले जानकारी दिनुभयो। बेपत्ता यात्रुको खोजी जारी छ। 

    बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो। खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् । 

    घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ