असोज १४, काठमाडौं : आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन्।
राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिनुभयो।
दुई जना पुरुषको घटनास्थलमै मृत्यु र २५ जना यात्रुहरू घाइते भएको प्रहरीले जानकारी दिनुभयो। मृतकको हालसम्म सनाखत हुन सकेको छैन। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो। घाइतेहरुको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।



