२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा भने केहि संकुचन

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 976
    SHARES
  • नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा भने केहि संकुचन

    काठमाण्डौ : सेयर बजार परिसुचाकांक नेप्से  मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १०.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.३६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेर ३५४.२५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर करिब साढे ७७ करोड रुपैयाँको मात्रै भएको छ। 

    आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

    आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.९४ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३० प्रतिशत, विकास बैंक समूहमा ०.८४ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.८० प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२४ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ।

    top gainer.pngसर्बाधिक कमाउने १० कम्पनीहरु

    Top lopser.pngसर्बाधिक गुमाउने १० कम्पनिहरु

    Top turnover.png
    सर्बाधिक रकममा कारोबार भएका १० कम्पनीहरु

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ