२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बझाङ भूकम्प : १ जना बेपत्ता, १७ जना घाइते

images

  • २०८० असोज १६, मंगलबार
  • 1.2K
    SHARES
  • बझाङ भूकम्प : १ जना बेपत्ता, १७ जना घाइते

    असोज १६, कैलाली : बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता र अन्य १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी हुन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

    ती मध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिनुभयो। मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो। हालसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको प्रहरीले जानकारी दिनुभयो।

    आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो। भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन्। विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ।

    भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन्। भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रहरीले जानकारी दिनुभयो।

    जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ