२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बझाङ भूकम्प : बैतडीमा दुईजना घाइते, भौतिक संरचनामा क्षति

images

  • २०८० असोज १६, मंगलबार
  • 986
    SHARES
  • बझाङ भूकम्प : बैतडीमा दुईजना घाइते, भौतिक संरचनामा क्षति

    असोज १६, बैतडी : भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । कलशाको हाल गाजरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

    यस्तै, विद्यालयबाट घर फर्किरहेका बेला भूकम्पका कारण सडक माथिबाट खसेको ढुङ्गा लागेर खुट्टामा चोट लागेकी नीराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसका साथै जिल्लामा भूकम्पबाट भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पबाट सिगास गाउँपालिका– ३, घकुराडीका रघुवीर साउदको घरमा क्षति पुगेको छ । सिगासकै लेकलुपण माविको भवनमा पनि क्षति पुगेको छ ।

    आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलव ३, ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलव ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ