सुनसरी : सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ। स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने ५ सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो।
त्यसै गरी, खोप अभियान सञ्चालनका लागि १ हजार ९ सय ८६ स्वास्थ्यकर्मी र २ हजार ९ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो। सुनसरीमा ९ महिनादेखि ५ वर्षसम्मका २ लाख ४९ हजार ८ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाईँले बताउनुभयो।
खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो। जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो।
जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घका कोषाध्यक्ष अजित कुमार झालगायतको सहभागिता रहेको थियो।



