२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकले बढायो शेयर धितो कर्जाको १२ करोडको सीमा

images

  • २०८० असोज १८, बिहीबार
  • 1.7K
    SHARES
  • राष्ट्र बैंकले बढायो शेयर धितो कर्जाको १२ करोडको सीमा

    असोज १८, काठमाडौं :  राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्‍याएको छ।

    धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ। यस अघि यो सीमा १२ करोड थियो। 

    यद्यपि शेयर लगानीकर्ताहरुले माग गरे बमोजिम भने राष्ट्र भने सीमा बढाएको छैन। शेयर लगानीकर्ताहरुले व्यक्तिगत तर्फ १२ करोडको सीमालाई कम्तिमा २० करोड पुर्याउन र संस्थागततर्फ अधिकतम सीमा नतोक्न माग गर्दै एक थिए। 


    राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो। एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको थियो।तर केही महिनाअघि चार करोडको सीमा नै हटाएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ