२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाँकेमा नदीजन्य पदार्थबाट ८ करोड बढी राजस्व सङ्कलन

images

  • २०८० फागुन २२, मंगलबार
  • 941
    SHARES
  • बाँकेमा नदीजन्य पदार्थबाट ८ करोड बढी राजस्व सङ्कलन

    बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु ८ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ। यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु ८ करोड ६७ लाख ९६ हजार ९ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो। 

    “विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भन्नुभयो, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छौँ।” नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँच वटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो। 

    गाउँपालिका–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलि नगरी, खल्ला टपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो।नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी–निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो। 

    विगतमा नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाट गद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उहाँले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ