२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

धादिङमा बस दुर्घटना : ६ जनाको मृत्यु, ३५ जनाको उद्धार

images

  • २०८० फागुन २३, बुधबार
  • 1.2K
    SHARES
  • धादिङमा बस दुर्घटना : ६ जनाको मृत्यु, ३५ जनाको उद्धार

    धादिङ : धादिङ गजुरीस्थित गलौदीमा आज बिहान यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दुर्घटना स्थलबाट ३५ जनालाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले  जानकारी दिनुभयो। 

    कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना भएको धादिङ प्रहरीले  जानकारी दिनुभयो। बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन। बस अनियन्त्रित भई त्रिशूलीमा खसेको हुन सक्ने प्रहरीले धादिङ प्रहरीले बताउनुभयो भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयले  उद्धार गरिरहेका छन्। बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ र अनुसन्धान गरिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ