२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

होटेलबाट हामफालेर एक चिनियाँ नागरिकको मृत्यु

images

  • २०८० असोज १९, शुक्रबार
  • 1.1K
    SHARES
  • होटेलबाट हामफालेर एक चिनियाँ नागरिकको मृत्यु

    असोज १९,पोखरा : बिहीबार राति १२:४० मा पोखराको लेकसाइडस्थित एक होटेलको तेस्रो तलाबाट हाम फालेर एक चिनियाँको मृत्यु भएको छ। ४१ वर्षीय सन ग्याङ्‌गको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो।

    उनलाई लगत्तै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि प्रतिष्ठानमा लगिएको प्रहरीले जानकारी दिनुभयो। उनको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिनुभयो।

    मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्‍याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको प्रहरीले जानकारी दिनुभयो। साथीहरु तथा प्रेमिकासँग मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि उनले हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    मृतक ग्याङ्गसहित अन्य तीन चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएको प्रहरीले जानकारी दिनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ