असोज १९,दार्चुला : आज दिउँसो दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।
दिउँसो खर काट्ने क्रममा लडेर नौगाड गाउँपालिका १ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते भएकी हुन्। उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जानकारी दिनुभयो।



