२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोखामा ‘प्रथम कर सप्ताह’ सम्पन्न, चालू आर्थिक वर्षमा झण्डै ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य

images

  • २०८० असोज २१, आइतबार
  • 1.6K
    SHARES
  • टोखामा ‘प्रथम कर सप्ताह’ सम्पन्न, चालू आर्थिक वर्षमा झण्डै ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य

    असोज २१, काठमाडौँ : टोखा नगरपालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको छ। ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नारामा गत असोज १४ गतेदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ आज सम्पन्न भएको हो 

    प्रथम कर सप्ताहको अवसरमा टोखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार कर सप्ताह आयोजना गरिएको बताउनुभयो। उहाँले टोखा नगरपालिकाले कूल बजेटको जम्मा १० देखि १३ प्रतिशत मात्र आन्तरिक कर उठाएको बताउनुभयो। 

    टोखाले उठाउने करमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ। टोखाले आव २०७९/८० मा रु २३ करोड १४ लाख १ हजार २ सय ६९ राजस्व सङ्कलन गरे पनि चालू आवमा झण्डै ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। टोखा नगरपालिकाले चालू आवमा रु ८ करोड ७ लाख राजस्व सङ्कलन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत विसीले बताउनुभयो।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो। उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो। असोज १४ गतेदेखि सुरु गरिएको प्रथम कर सप्ताहमा पहिलो दिन प्रभातफेरि तथा उद्घाटन कार्यक्रम, असोज १५ गते उद्योगी, व्यवसायी र नगरवासीलाई करको बारेमा जानकारी गराउने उदेश्यले घरदैलो अभियान, असोज १६ गते वडावासीलाई करको बारेमा अवगत गराइएको थियो।

    यस्तै, असोज १७ गते घरदैलो अभियान, असोज १८ गते कर सचेतनासम्बन्धी सडक नाटक र विद्यालयस्तरीय वक्तृत्वकला, १९ गते खेलकुद प्रतियोगिता र अन्तिम दिन अन्तरक्रिया तथा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाको करको दायरलाई फराकिलो बनाउँदै टोखा नगरको विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो। टोखा नगरपालिकाले बढी कर तिर्ने करदातालाई पुरस्कार तथा सम्मानसमेत गरेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकामा ११ वडा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ