२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

images

  • २०८० असोज २१, आइतबार
  • 971
    SHARES
  • बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

    असोज २१,जनकपुर : गए राति ११ बजे जनकपुर बिग मार्टमा आगलागी भएको छ। जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा अकस्मात् लागेको आगो आज बिहान बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ।

    सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएपछि दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएका छन्।

    आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। मार्टको  सामान साढे ४ करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ