२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

३ वटा सडकखण्ड एकतर्फी बनाउँदै काठमाडौं महानगर

images

  • २०८० असोज २२, सोमबार
  • 881
    SHARES
  • ३ वटा सडकखण्ड एकतर्फी बनाउँदै काठमाडौं महानगर

    असोज २२,काठमाडौँ : काठमाडौँ महानगरपालिका भित्रका ३ वटा सडक खण्डलाई एकतर्फी (वान वे) बनाउने तयारी सुरु भएको छ। महानगरभित्रको ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानगर क्षेत्रका ३ वटा सडक खण्डलाई सवारी सञ्चालनको लागि ‘वान वे’ बनाउने तयारी भएको हो।


    काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले अहिले दोहोरो सवारी सञ्चालन भइरहेका तीन सडक खण्डलाई केही दिनमै एक-तर्फी बनाउन लागिएको जानकारी दिए। श्रेष्ठका अनुसार काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकलाई एकतर्फी गर्न लागिएको छ।

    त्यो सडकमा अब त्रिपुरेश्वरबाट प्रवेश गर्न नपाउने बनाइँदैछ। जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी तर्फ जाने सडकलाई पनि एकतर्फी गरिने छ। 

    त्यस्तै, पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। प्लाजा देखी महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ