काठमाडौँ : कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैङ्कको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरूलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो।
बैङ्कको क्यालेन्डरमा राखिएका तालहरूको उचाइ, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमवाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ।
उक्त क्युआर कोड बैङ्कको सामाजिक सञ्जालहरू तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ। उक्त क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरू समेत समावेश गरिएको छ। डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ।



