२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

images

  • २०८० असोज २२, सोमबार
  • 1.2K
    SHARES
  • इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

    असोज २२,काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गर्नुभएको हो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ। 

    प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो। उहाँले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बताउनुभएको छ। 

    प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गर्नुभएको थियो। उहाँले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गर्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ