२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भृकुटी मण्डपमा चेम्बर एक्सपो सुरू

images

  • २०८० फागुन २४, बिहीबार
  • 1.4K
    SHARES
  • भृकुटी मण्डपमा चेम्बर एक्सपो सुरू

    काठमाडौँ : राजधानीको भृकुटीमण्डप चेम्बर एक्स्पो सुरु भएको छ। सातौँ चरणको “चेम्बर एक्सपो २०२४” आजदेखि फाल्गुन २८ गते सम्म चल्ने छ। Bringing trade and Business together नाराको साथ यस नेपाल चेम्बर एक्स्पो २०२४ सुरु भएको छ। 

    एक्सपोमा हस्तकला, निर्माण सामग्री, घर-जग्गा, पहिरन, पुस्तक, खाद्यान्न एवम् पेय पदार्थ, सवारी साधन, विद्युतीय उपकरण तथा अन्य स्वदेशी तथा विदेशी ब्रान्डका उप-भोग्या सामानहरू प्रदर्शनीमा राखिएको छ।

    ५ दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बङ्गलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन्। एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन्। 

    चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताउनुभयो। साथै, कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवं साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताउनुभयो।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लका अनुसार एक्सपोका मुख्य आयोजना नेपाल चेम्बर अफ कमर्स रहेको छ भने कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसनले गरेको छ।

    chamber-expo.jpg
    चेम्बर एक्सपो 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ