२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले बढ्यो नेप्से, २ अर्ब २० करोडको कारोबार?

images

  • २०८० फागुन २४, बिहीबार
  • 951
    SHARES
  • दोहोरो अङ्कले बढ्यो नेप्से, २ अर्ब २० करोडको कारोबार?

    काठमाडौँ : धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५१ अङ्कले उकालो लागेर २००.५५ मा पुगेको छ।

    ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० अङ्कले उकालो लागेर ३६०.२७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

    कूल ८९ लाख २९ हजार १ सय ५२ कित्ता शेयर रु ३ अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भएको छ।

    त्यस्तै, शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार ८ सय ६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार ४ सय ८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार ३ सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु ९ करोड ७९ लाख ५६ हजार ३ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

    नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चिर्खवा हाइड्रोपावर ८.९७, मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ६.०८, बुद्ध भूमि नेपाल हाइड्रोपावर ५.९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ५.६४ प्रतिशतले कमाएका छन्। कारोबार भएकामध्ये आज १ सय ७६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ।

    त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो ६.२१, सामलिङ पावर कम्पनी ५.०२, बोटलर्स नेपाल तराई ४.३५, एनएमबी ५० ३.८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन्। आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ।

    सोमबार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मङ्गलवार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो। नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधवार पनि बजारले हरियो झन्डा देखाएको थियो। आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ