२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको भाउ पाँच दिनमा २ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार ?

images

  • २०८० असोज २३, मंगलबार
  • 1.5K
    SHARES
  • सुनको भाउ पाँच दिनमा २ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार ?

    असोज २३, काठमाडौँ : केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ। आज मंगलबार सुनको मूल्य बढेको छ।

    आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार १ लाख ८ हजार ६०० रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। हिजो पनि छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। सुनको भाउ पाँच दिनमा २ हजार रुपैयाँले बढेको छ।

    यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ८ हजार १०० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ