२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा घट्ने क्रम जारी : १९ सयको बिन्दु तल पुगेको बजारमा १ अर्ब २८ करोडको कारोबार

images

  • २०८० असोज २३, मंगलबार
  • 1.5K
    SHARES
  • नेप्सेमा घट्ने क्रम जारी : १९ सयको बिन्दु तल पुगेको बजारमा १ अर्ब २८ करोडको कारोबार

    असोज २३, काठमाडौँ : लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ। आज नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर ओरालो लागेको छ।

    आज सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये, जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमिूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्से घटेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। त्यस्तै, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ र गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

    सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ