२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 बालकृष्ण खाँणका स्वकीय सचिव पनि पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 866
    SHARES
  •  बालकृष्ण खाँणका स्वकीय सचिव पनि पक्राउ

    काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको हो ।

    प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ । 

    यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ