२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
जल तथा मौसम

पूर्वी र मध्य भू-भागमा हल्का वर्षाको सम्भावना

images

  • २०८० असोज २४, बुधबार
  • 1.2K
    SHARES
  • पूर्वी र मध्य भू-भागमा हल्का वर्षाको सम्भावना

    असोज २४, काठमाडौँ : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आंशिक बदली भई कोशी र मधेश प्रदेशका १/२  स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आंशिक बदली भई कोशी र मधेश प्रदेशका १/२ स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा भइरहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।


    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


    राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रही कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

    वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ