२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

images

  • २०८० असोज २५, बिहीबार
  • 921
    SHARES
  • बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    असोज २५,बझाङ : बझाङमा गएराति पुन भूकम्पको धक्का महसुस गरिएको छ। मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

    भूकम्पविद् डा. शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको जानकारी दिनुभयो। उहाँका अनुसार बझाङमा गत मङ्गलबार पटक पटक भूकम्पको परकम्प गएका छन्।

    गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो। 


    अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन्। सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ