२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बेनिघाटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

images

  • २०८० असोज २५, बिहीबार
  • 1.2K
    SHARES
  • बेनिघाटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    असोज २५, बेनिघाट : धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

    काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०४९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०४० प ५०८० नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

    दुर्घटनामा परी घाइते बनेका बेनिघाट मझिमटारका ३३ वर्षीय राजेश गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो। घाइते राजेशको राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचारपछि काठमाडौंस्थित बीएन्डबी अस्पताल पठाइएको थियो तर उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो।

     
    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ