२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो जहाज, राति साढे १ बजे काठमाडौं आइपुग्ने

images

  • २०८० असोज २५, बिहीबार
  • 1.1K
    SHARES
  • इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो जहाज, राति साढे १ बजे काठमाडौं आइपुग्ने

    असोज २५, काठमाडौँ :  इजरायलमा रहेका २ सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

    परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए। मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ।

    आज राति १:३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन्। उनीहरू सुरक्षित छन्।

    २ सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ