२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

images

  • २०८० फागुन ३०, बुधबार
  • 566
    SHARES
  • निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

    विराटनगर : विराटनगर महानगरपालिकाले वडा नं १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सो शिविरमा पाँच हजारले स्वास्थ्य जाँच गराएका छन्। आर्थिक अभावका कारण विपत्रहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ।


    स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज अनुगमन गर्दै  शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन जाँचमा खटिएका स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो। महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँले बताउनुभयो। 

    विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, रक्तचाप, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियन लगायत सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो।

    शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडाबासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो। महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ