२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुल्चोकस्थित आफ्नो जग्गाको बारेमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै हिमालयन इन्टरप्राईजेजद्वारा ध्यानाकर्षण

images

  • २०८० चैत ५, सोमबार
  • 946
    SHARES
  • पुल्चोकस्थित आफ्नो जग्गाको बारेमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै हिमालयन इन्टरप्राईजेजद्वारा ध्यानाकर्षण

    काठमाडौँ : हिमालयन इन्टरप्राइजेज प्रा.लि.ले ललितपुरको पुलचोकस्थित कम्पनीको नाममा रहेको जग्गाको बारेमा अनर्गल प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। पुलचोकमा रहेको कित्ता नम्बर ४३ को ४–४–१–० रोपनी जग्गामा विगत केही दिनदेखि विभिन्न समूहले अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरेको भन्दै कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

    २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमबाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा हक कायम भएको पुलचोक ललितपुर स्थितकित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिनदेखि केही समुहले उक्त जग्गामाथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि बिभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    २०५–०२–१० मा कम्पनी खरिदसंगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कित्ता नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धम सर्वोच्च अदालतवाट २०५७–०२–३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) २०६२–०७–०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानूनवमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा २०६६–०४–१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवाखललगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप २०६७–०९–२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जासमेत जारी भई आएको व्यहोरा जानकारी गराएका छन् । सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुलले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेता पनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–CI–०४८२) र (०७४–CI–०४८४) मा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७९–११–२३ अन्तिम फैसला भईसकेको अवगत गराएको छ ।

    यस कम्पनीले कानून वमोजिमप्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्वन्धित पक्षहरुलाई कम्पनीले अनुरोध गरेको छ। कम्पनीले सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्यबुझी समाचार सम्प्रेषण गरिदिनसमेत अनुरोध गर्दछौं।

    विज्ञप्ति हेर्नुहोस् :

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ