२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगलागीका कारण बन्द भएको कर्णाली पुल आजदेखि खुल्यो

images

  • २०८० चैत ५, सोमबार
  • 631
    SHARES
  • आगलागीका कारण बन्द भएको कर्णाली पुल आजदेखि खुल्यो

    कैलाली : आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो। 

     नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न  कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,” जानकारी दिनुभयो। 

    गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा  लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ