२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने तयारी

images

  • २०८० चैत ७, बुधबार
  • 771
    SHARES
  • ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने तयारी

    काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घन्टा खुला राख्न निर्देशन दिएका छन्।


    सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।
    ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूणर् प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’

    ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सै घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ