काठमाडौँ : दिव्या सेक्युरिटीज एण्ड स्टक हाउसले वित्तीय साक्षरता सम्बन्धी पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम गर्ने भएको छ। ग्लोबल मनि विक २०२४ को अवसरमा स्टक हाउसले भोलि चैत्र १० गते शनिवार चेतना मूलक कार्यक्रम आयोजक गर्न लागको हो।
दिव्या सेक्युरिटीजका अनुसार यस चेतना मूलक कार्यक्रम कम्पनीको मुख्य कार्यालय न्युप्लाजामा बिहान ११ बजे देखि सुरु हुनेछ।
विश्व वित्तीय सप्ताह २०२४ को अवसर विभिन्न बैङ्क, बिमा कम्पनी, मर्चेन्ट बैंकर तथा ब्रोकरहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेर सप्ताहलाई व्यापक रूपमा मनाएका छन्।
#दिव्या सेक्युरिटीज एण्ड स्टक हाउस #पूँजीबजार #सेयर बजार #सत्कार खबर



